Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
घरकै खानाबाट पनि सर्न सक्छ हैजा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

घरकै खानाबाट पनि सर्न सक्छ हैजा

चिन्तन खबर

काठमाडौं । उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।

बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुनुहुन्छ । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा पिउनु हुँदोरहेछ,” टेकु अस्पतालकी निर्देशक डा। मनीषा रावलले भने, “बिहीबार पनि पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।”

अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो भन्दै उहाँले यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत गरे । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा। रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।