Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
६२ जना कोरोना सङ्क्रमित थपिए « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

६२ जना कोरोना सङ्क्रमित थपिए

चिन्तन खबर

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ ३९ र ललितपुरमा छ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ जना रहेका छन् । विगत २४ घण्टामा १९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४४५ पुगेको छ । यो दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख ८४ हजार ५४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको छ । अहिलेसम्म होम आइसोलेसनमा २५६, संस्थागत आइसोलेसनमा पाँच जना र एक जनाको सघन उपचार कक्ष ९आइसियु०मा उपचार भइरहेको छ ।