Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रदेश १ मा सरकार परिवर्तन हुने सम्भावना कति छ ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रदेश १ मा सरकार परिवर्तन हुने सम्भावना कति छ ?

चिन्तन खबर

विराटनगर । बागमती प्रदेशमा सत्ता परिवर्तनको चलखेल भइरहँदा प्रदेश १ भने शान्त देखिएको छ । प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका छन् ।

सरकारमा सहभागी दलमध्ये प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस हो । उक्त दल ५ वटा मन्त्रीसहित सरकारमा सहभागी छ । राई नेतृत्वको सरकार निर्माणका क्रममा आधा–आधा कार्यकाल गर्ने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले बताए । यद्यपि अहिले त्यस विषय कुनै छलफलमा नरहेको उनको भनाइ छ ।

‘त्यसबेला मौखिक हिसावले आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमतिका साथ काँग्रेसले समाजवादीलाई मानेका हौं,’ उनले भने, ‘अहिले त्यो विषय छलफलमा छैन, पार्टीको बैठकमा राख्ने तयारी गरेका छौं ।’ राईले आफूहरु यसअघिको सहमति पालना हुनुपर्छ भन्ने मान्यतमा रहेको बताए ।

त्यसका लागि पार्टीको आन्तरिक बैठक तथा संसदीय दलको बैठकमा कुरा राख्ने तयारी गरेको उनले बताए । प्रदेशसभामा नेपाली काँग्रेसका २१ जना सांसद छन् । यता सत्तारुढ दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने अहिले सत्ता परिवर्तनको कुनै छलफल नभएको बताएको छ ।

‘अहिले त्यस्तो छलफल गर्नुपर्ने आवश्यकता पनि देखिएको छैन,’ माओवादी सांसद विजय विश्वासले भने, ‘अब निर्वाचन आइसक्न लाग्यो, दुई, चार महिनाका लागि सरकार गिराउने र बनाउने खेलमा लाग्दा राम्रो सन्देश जाँदैन, त्यसकारण हामी सरकार परिवर्तनको खेलमा छैनौं, गर्नु पनि हुँदैन ।’

प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् । यता, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्चले पनि सरकार परिवर्तन अहिलेको आवश्यकता नरहेको बताउँदै आएको छ । मुख्यमन्त्री राईले भने सरकार परिवर्तनको साटो मन्त्रीहरु थप गर्ने बताउँदै आएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यसअघि मुख्यमन्त्री राईले सरकारमा केही मन्त्री थप गर्न लागेको जनाएका थिए ।

प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३८, काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद गरी ८९ जना सांसद छन् । (रातोपाटीबाट साभार)