पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

चिन्तन खबर

फिदिम । राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले वर्षेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित हुनुभएको हो । शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगर पुरस्कार सहित सम्मान गर्नुभयो ।

उक्त सम्मान पुरस्कारको राशी रु. ३३ हजार ३३३ रहेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष समेत रहनुभएका झाले नेपालमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि पु¥याउनुभएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो ।

सम्मानपछि बोल्दै अध्यक्ष झाले उक्त सम्मानले आफूलाई पुनः जिम्मेवारीबोध गराएको वताउनुभयो । पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आवद्ध भई समाजको हितमा काम गरिरहन थप उर्जा, हौसला र प्रेरणा प्राप्त हुने वताउँदै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने वताउनुभयो ।

पत्रकारहरुले समाजको हितका लागि कार्य गर्ने भएकाले समाजले पत्रकारको सुरक्षा गर्नुपर्ने वताउँदै अध्यक्ष झाले पत्रकारहरु आचारसंहिता र स्वअनुशासनमा रहनु अपरिहा¥य रहेको वताउनुभयो । पत्रकारितालाई थप विश्वासनीय र मर्यादित वनाउँदै खवरदारी गर्ने मुख्य जिम्मवारी पूरा गर्न निरन्तर लागिरहनु आवश्यक रहेको अध्यक्ष झाको भनाई थियो ।

वि.सं. २०२३ साल चैत ४ गते सिराहा जिल्लाको लहान नगरपालिका–१४ मा जन्मनुभएका झाले २०४३ सालबाट पत्रकारिताको सुरुआत गर्नुभएको थियो । तीन वटा विषयमा स्नातकोत्तर गर्नुभएका झाले ५० वटाभन्दा बढी संघ संस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नु भएको छ । पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रिय सहभागिता समेत जनाउनुभएका उहाँले १७ वटा अवार्डहरु प्राप्त गर्नुभएको छ । हाल राष्ट्रिय समाचार समितिको अध्यक्ष रहनुभएका झा गोरखापत्र राष्ट्रिय दैनिकको नियमित स्तम्भकार समेत हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व सभापति लवदेव ढुङ्गानालाई दोश्रो जनआन्दोलनका क्रममा गैरकानूनी थुनामा राखिएको भन्दै जिल्ला अदालतले क्षतिपूर्ति दिन आदेश दिएको थियो । ढुङ्गानाले ५१ दिन गैरकानूनी थुनामा रहेवापत प्राप्त गरेको रु. ३० हजारबाट उक्त पुरस्कार स्थापनाको सुरुआत भएको थियो ।

२०६९ सालमा स्थापित पुरस्कार २०७२ सालबाट वितरण सुरु भएको हो । उक्त पुरस्कारबाट यसअघि बरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र बिष्ट सम्मानित भइसक्नु भएको छ ।

कार्यक्रममा चालु आर्थिक वर्षमा उत्कृष्ट फोटो प्रकाशन गर्ने राष्ट्रिय समाचार समितिका पाँचथर सम्वाददाता रवीन्द्र काफ्ले, उत्कृष्ट खोजमुलक समाचार प्रकाशन गर्ने कान्तिपुर मिडिया ग्रुपका लक्ष्मी गौतम जनही रु. पाँच हजार नगद तथा प्रसंशापत्र सहित पुरस्कृत हुनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रदान गर्ने हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका पाँचथर सम्वाददाता खबिन लुइटेल र प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर सम्वाददाता विजयबोध लावती पुरस्कृत हुनुभएको छ ।