Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मिडियालाई बाहिर राखेर विकास प्रभावकारी हुन सक्दैनः महासंघ अध्यक्ष पोखरेल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मिडियालाई बाहिर राखेर विकास प्रभावकारी हुन सक्दैनः महासंघ अध्यक्ष पोखरेल

चिन्तन खबर

फिदिम । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आलोचनात्मक चेतसहितको पत्रकारिता अपरिहा¥य रहेको वताउनुभएको छ । राज्यका हरेक निकायलाई जिम्मेवार र उत्तरदायी बनाउँदै नागरिकको हितमा कार्य गराउन पत्रकारितामा आलोचनात्मक चेत र खवरदारी आवश्यक रहेको अध्यक्ष पोखरेलले वताउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहका प्रमुख अतिथि अध्यक्ष पोखरेलले राज्यका विभिन्न तह तथा संरचनाले पत्रकारहरुलाई प्रलोभनमा पार्नसक्ने भएकाले सचेत हुनु जरुरी रहेको वताउनुभयो । “पत्रकारहरु सत्ता र शक्तिभन्दा टाढै रहेर सरकारी निकायहरुलाई उत्तरदायी र जिम्मेवार बनाउन लागिरहनु पर्छ”, पोखरेलले भन्नुभयो, “पत्रकारिताको मुल उद्देश्य नागरिक, समाज र राष्ट्रको हित गर्नु भएकाले सोहीअनुसार भूमिका खेल्नु आवश्यक छ ।”

कानून बनाएर पत्रकारिता क्षेत्रलाई दण्डित गर्न तयार भएको राज्य संरचनाले पत्रकारिता जगतको विकासप्रति अपनत्व नलिएको अध्यक्ष पोखरेलको भनाई छ । “सबै तहका सरकारले, सबै सरकारी निकायले पत्रकारिता क्षेत्रप्रति अपनत्व लिई सहयोग गर्नुपर्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो, “नागरिकको चाहना के हो भन्ने ‘चेकलिस्ट’ पत्रकारिता हो भन्ने सरोकारवालाले बुझ्नुपर्छ ।” पत्रकारिता क्षेत्रमा रहेको श्रमको समस्या सम्बोधन गर्नका लागि पनि सबै तहका सरकारको दायित्व रहेको उहाँको भनाई छ ।

पोखरेलले सञ्चार जगतको निगरानीविना विकास पनि सफल हुन नसक्ने प्रष्ट्याउनुभयो । “प्रत्येक योजना सुरुआत र सम्पन्न गर्न मिडियाको भूमिका खोजिनुपर्छ”, पोखरेलले भन्नुभयो, “मिडियाले भूमिका खेलेका सबै योजना गुणस्तरीय र प्रभावकारी हुन्छन् । मिडियालाई बाहिर राखेर विकासको काम सफल हुन सक्दैनन् ।” यसका लागि प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिले नीतिगत भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष पोखरेलले प्रत्येक पत्रकारहरुहरुले पत्रकार आचारसंहिताप्रति उत्तरदायी र जिम्मेवार भई पत्रकारिता क्षेत्रप्रति प्रश्न उठ्न नदिने वातावरण बनाउनुपर्ने वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले वर्षेनि प्रदान गर्ने स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मान गरिएको थियो भने जिल्लामा चार जना पत्रकारहरु पुरस्कृत भएका थिए ।

पुरस्कृत हुनेमा चालु आर्थिक वर्षमा उत्कृष्ट फोटो प्रकाशन गर्ने राससका सम्वाददाता रवीन्द्र काफ्ले, उत्कृष्ट खोजमुलक समाचार प्रकाशन गर्ने कान्तिपुर मिडिया ग्रुपमा लक्ष्मी गौतम, हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका खबिन लुइटेल र प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका विजयबोध लावती पुरस्कृत हुनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिका उपाध्यक्ष लवदेव ढुङ्गाना, महासंघ इलाम शाखाका बिप्लव भट्टराई लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।