Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सेनाले खरिद गरेको भिटामिन डी थ्री शिशुमा प्रयोग घातक « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सेनाले खरिद गरेको भिटामिन डी थ्री शिशुमा प्रयोग घातक

चिन्तन खबर

काठमाडौं । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी’ नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ।

नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ।

सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपरोलको मात्रा ८०० आईयू ९इन्टरनेसनल युनिट० प्रति एमएल तोकिएको छ । तर, परीक्षणका क्रममा सो मात्रा ५३ गुणा बढी अर्थात ४२ हजार ७१८ आईयू प्रतियुनिट भेटिएको हो। आजको राजधानी दैनिकमा समाचार छ ।