पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब चाहिँ अति नै भयोः अध्यक्ष ओली

चिन्तन खबर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब अति नै भएको बताउनुभएको छ । अध्यक्ष ओलीले संसदमा विशेष समय लिए बोल्दै बर्तमान सरकारले अति गरेको बताउनु भएको हो ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले सरकारले अति गरेपछि आफू बोल्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

उहाँल एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई चुनौती समेत दिनुभएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै विपक्षी नेता ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो ।