Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
काँकडभिट्टाबाट सबैभन्दा धेरै अलैंची निर्यात « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

काँकडभिट्टाबाट सबैभन्दा धेरै अलैंची निर्यात

चिन्तन खबर

काँकडभिट्टा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सबैभन्दा बढी रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको छ । कार्यक्रममा नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो । उहाँले यो नाका भएर दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको बताउनुभयो ।

संरक्षण अधिकृत साहुका अनुसार आयात हुनेमा सबैभन्दा बढी भटमासको सोयाविन रहेको छ । बङ्गलादेशबाट रु तीन अर्ब ८० करोड ७७ लाख ७५ हजार बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको छ । भटमासको सोयाविन पशुजन्य आहारामा बढी प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले चालु आव २०७८(७९ को जेठ मसान्तसम्ममा खाद्यान्न रु ९८ करोड ४३ लाख ६९ हजार, दलहन ९गेडागुडी० रु एक अर्ब ३३ करोड ८१ लाख १४ हजार, ताजा तरकारी रु १४ करोड ७१ लाख ९० हजार, ताजा फलफूल रु ४७ करोड ७७ लाख २२ हजार, मसलाजन्य वस्तु रु एक अर्ब बढीको आयात भएको बताउनुभयो ।