काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले नागरिकता विधेयक फिर्ता लिने भएको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई गृहमन्त्री बालकृष्ण खाणले फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको थियो। तर दलहरुबीच केही प्रावधानमा सहमति नभएपछि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो।
प्रतिक्रिया