Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
नेप्से परिसूचक उच्च अङ्कले ओरालो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

चिन्तन खबर

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले ओरालो लागेर एक हजार ९९२.६२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६० अङ्कले ओरालो लागेर ३७९.८९ मा सीमित भएको छ । कूल २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर रु एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ मूल्यमा खरिद बिक्री भए । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ४१ अर्ब ९८ करोड ४९ लाख १६ हजार बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ १५.१५, व्यापार ६७.१, होटल तथा पर्यटन ९६.४७, विकास बैंक ९४.७८, जलविद्युत् ५९.०१, वित्त ४७.३५, निर्जीवन बीमा ८९.३६, उत्पादन १२१.७७, अन्य २८.३६, लघुवित्त ६५.५४, जीवन बीमा १९३.०७, सामूहिक लगानी कोष ०.१६ र लगानी १.४२ अङ्कले ओरालो लाग्यो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ५९ लाख ८३ हजार ५५५ बराबरको कारोबार भयो ।

त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु तीन करोड ९७ लाख ६६ हजार ७८३, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु तीन करोड ९१ लाख ३८ हजार ६८५, अरुण काबेली पावर रु तीन करोड ७९ लाख २९ हजार ६३१ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७३ लाख ४४ हजार ९१७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई समुन्नत स्किम एक २.८२, नवील इक्विटी फण्ड २.४६, कुमारी बैंकको ऋणपत्र २, लक्ष्मी इक्विटी फण्ड १.९८ र गुराँस लघुवित्तका लगानीकर्ताले १.९५ प्रतिशतले कमाए ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनी ५.४४, बलेफी हाइड्रोपावर ४.९०, हिमाल दोलखा हाइड्रोपावर ४.७९, वेस्ट फाइनान्स कम्पनी ४.७४ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.६६ प्रतिशतले गुमाए ।