Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
इतिहास संरक्षण प्रयास : ३३ वर्षपछि जोरसालमा हाट लाग्दै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

इतिहास संरक्षण प्रयास : ३३ वर्षपछि जोरसालमा हाट लाग्दै

चिन्तन खबर

फिदिम । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका–४, जोरसालमा ३३ वर्षंअघि बन्द भएको औशी र पूर्णिमा हाट पुन: लाग्ने भएको छ । सदरमुकाम फिदिम बजारबाट २ किलोमिटरमात्र पश्चिममा रहेको जोरसाल बजार ऐतिहासिक हो ।

यो तेह्रथुमको आठराई (तत्कालीन १२ गाउँ पञ्चायत) क्षेत्र, ताप्लेजुङको सबै क्षेत्र र पाँचथरको दक्षिण पश्चिम क्षेत्रको मुख्य व्यापारिक केन्द्र थियो।
सडक सञ्जालले पाँचथरलाई २०३८ ताका जोडेपछि बिस्तारै जोरसालको चाममा ह्रास हुँदै आयो । हालै निर्वाचित वडाका जनप्रतिनिधिहरुको अगुवाईमा पुनः पाक्षिक हाट सुरु गर्ने निर्णय भएको हो ।

शनिबार स्थानीय देउराली युव क्लबले इतिहासमा अंकित भएको पाक्षिक हाट पुनः सुरु गर्न भन्दै वडाबासीको भेला नै आयोजना गरेको थियो । भेलाले पाक्षिक हाट लगाउने निर्णय गरेको हो ।

स्थानीय अगुवाहरु काजिमान श्रेष्ठ, टंक श्रेष्ठ, इन्द्र श्रेष्ठसमेतले बिगतमा हाट हट्नु दुखद भएको भन्दै यसलाई सबैको पहलमा पुनः सञ्चालन गर्न सकिने बताए । उनीहरुले हाट व्यवस्थापनमा स्थानीयले उत्पादन गरेका सामानदेखि जोरसालमा व्यापारीहरुलाई ल्याउन स्थानीय तहले आवश्यक कदम चाल्न सुझाव पनि दिए ।

राप्रपाका प्रवक्ता प्रयाग सुवेदी, पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक दुर्गा बराल र फिदिम माबिका पूर्व प्रधानाध्यापक पुष्प भण्डारीले बिगतका कमजोरी औल्याउनु भन्दा अब सबै जुटेर हाट सञ्चालनमा ल्याउन लागिपर्ने बताए ।

स्थानीय अगुवाहरु डिल्ली चम्लागाई, विष्णु श्रेष्ठ, युवा क्लवका अध्यक्ष शिव श्रेष्ठ, सचिव श्री सुवेदीसमेतले हाट सुरु गर्दा वडा कार्यसमिति, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन, सुरक्षा निकाय सबैबाट साथ पाइने भएकोले हाट निरन्तर सञ्चालन गर्न सकिने विश्वास जनाएका छन् ।

स्थानीय उत्पादनहरुको क्रय र बिक्रय केन्द्रको हब नै बनाउने गरी हाट सञ्चालन गर्न तत्काललाई देउराली युवा क्लवको संयोजनमा सबै गतिबिधि अघि बढाउने निर्णय भएको छ ।

जोरसाल नामबाट परिचित यो स्थानको पहिचान दीगो राख्न जोर साल अर्थात दुई साल भएको कंक्रिट स्तम्भ निर्माण गर्न पनि केही सहभागीले सुझाव दिएका छन् । वडा अध्यक्ष उपेन्द्र लावतीले यस्तो माग आइहरेको भन्दै स्थानीयवासीको चाहना भए स्तम्भ निर्माण गर्न बजेटको अभाव नहुने बताए । (डीसीनेपालबाट)