पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसांस्कृतिक महासङ्घको सरकारलाई चेतावनी- ‘सरकार गैर जिम्मेवार बन्दै गए प्रतिरोध’ (विज्ञप्तीसहित)

चिन्तन खबर

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले वर्तमान सरकारले गैरजिम्मेवारी व्यवहार देखाएको आरोप लगाएको छ ।

आज(बुधबार) महासंघले एक विज्ञप्ती जारी गर्दै हाल मुलुकमा व्याप्त महँगी, भ्रष्टाचार र कुशासनकाविरुद्ध सरकारलाई ध्यानाकर्षणका लागि महासङ्घ आवद्ध प्रगतिशिल तथा लोकतान्त्रिक सरकारको ध्यानाकर्षण गराएका छन् ।

महासङ्घकी कार्यवहाक अध्यक्ष भूमिका सुब्बाद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा भनिएको छ –‘मुलुकमा कायम रहेको परमादेशी गठबन्धन सरकारका कुशासन र बेतिथिका कारण नेपाली जनतामा क्रमशः लोकतान्त्रिक व्यवस्थाप्रति नै चरम अविश्वास र निराशा पैदा भएको छ । जनतासँग जोडिएका गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरु भहावह स्थितिमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्रता र अखण्डता लगायतका विषयहरुमा गम्भीर सङ्कट पैदा हुँदैगएको छ । ’

‘यस कठिन घडिमा जनतामा आमसरोकारका मुद्धाहरुको वेवास्था गरी मुलुकलाई थप सङ्कटतर्फ दोहोर्याउन उद्यत गठबन्धन सरकारलाई देश र जनताप्रति जिम्मेवार बन्न देशका तमाम प्रगतिशिल र लोकतान्त्रि विचारधारमा प्रतिवद्ध जनसांस्कृतिकर्मीहरुको संस्था रष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल लगायत जोडदार माग गर्दछौं । अन्यथा जनजिविकाको सवालहरुमा सरकार गैर जिम्मेवार बन्दै जानेहो भने प्रतिरोधमा उत्रनुको विकल्प हुने छैन ।’– विज्ञप्तीमा भनिएको छ ।