Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

चिन्तन खबर

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर दुई हजार १.५३ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अङ्कले उकालो लागेर ३८३.१४ मा पुगेको छ ।

कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर रु दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ मूल्यमा कारोबार भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५८ अर्ब एक करोड ८३ लाख बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ७.३, व्यापार ५.९१, होटल तथा पर्यटन १०.७, विकास बैंक ३३.०७, जलविद्युत् ४७.२८, वित्त २५.२६, निर्जीवन बीमा २८.७७, उत्पादन ३७.९६, अन्य ५.०४, लघुवित्त ५५.५२, जीवन बीमा ११.७८, सामूहिक लगानी ०.११ र लगानी ०.०३ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड १८ लाख ८६ हजार ७३८ बराबरको कारोबार भयो । माथिल्लो तामाकोसी रु १४ करोड १३ लाख ८१ हजार ३८१, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड ४६ लाख ५८ हजार ८४४, शिवम् सिमेन्ट रु आठ करोड ३९ लाख ७१ हजार ५१६ र हिमालयन डिस्टिलरी रु छ करोड ६४ लाख ४३ हजार ५३६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार एनआइबीएल प्रगति फण्ड ९.९८, प्रभु सेलेक्ट फण्ड ७.९७, माथिल्लो तामाकोसी ७.१४, नबिल ब्यालेन्स फण्ड दोस्रो ६.९० र रिभर फल्स पावरका लगानीकर्ताले ६.३९ प्रतिशतले कमाए । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स ५.०१, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.३१, समिट लघुवित्त ३.०९, लक्ष्मी लघुवित्त ३.०१ र नेपाल एसबीआई बैंकका लगानीकर्ताले २.८४ प्रतिशतले गुमाए ।