Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
लागूऔषध ट्याब्लेटसहित तीन जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

लागूऔषध ट्याब्लेटसहित तीन जना पक्राउ

चिन्तन खबर

उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजे तीन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका–२ का २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाइजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाइन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ । लागूऔषध सहित पक्राउ गरेको उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।