Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
विराटनगरबाट मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

विराटनगरबाट मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

चिन्तन खबर

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले तीन वटा चोरी चोरी गर्ने चार जनालाई चोरी भएका मोटरसाइलसहित पक्राउ गरेको छ ।

बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को ६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाइकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाइकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाइकल चोरी गर्ने ब्यक्तिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विराटनगर ४ का २२ बर्षीय नविन माझी, विराटनगर ८ का २५ बर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाइकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।