काठमाडौं । साउन महिनालाई निकै पवित्र महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा परम्पराहरु पालना गर्ने चलन शताब्दिऔदेखि चल्दै आएको छ ।
यो महिनामा विशेष गरेर मासु र रक्सीजन्य पदार्थ खानु नहुने मान्यता पनि छ । यो चलन पनि पहिलेदेखि चल्दै आएको छ ।
किन मासु र रक्सी खानुहुदैन ?
धार्मिक कारण यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ । शिवशक्तिकोजीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ ।
यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन । वैज्ञानिक कारण रक्सी त जुनसुकै बेलामा पनि पिएको नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्छ यसले ।
वैज्ञानीक कारणमा पनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् । बर्खाको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ ।
प्रतिक्रिया