Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउनेछः अध्यक्ष ओली « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउनेछः अध्यक्ष ओली

चिन्तन खबर

सिमकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताउनुभएको छ । उहाँले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

एमाले हुम्लाले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउने दाबीसमेत गर्नुभयो । जनताको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको उहाँले दाबी गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीब्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि पुनः फड्को मार्ने दाबी गर्नुभयो ।

हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुला नहुँदा यहाँका नागरिकले पीडा भोग्नु परेको बताउँदै उहाँले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित अन्य पालिकाका अधिकांश वडाहरूमा टेलिफोनले राम्रोसँग काम नगरेको आफूले सुनेको बताउनुभयो ।

कर्णाली करिडोर हिल्सासम्म जोड्नका लागि आफूले कुरा अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष ओलीले दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा उपचार गर्न समस्या भोग्नु परेको बताउनुभयो । उहाँले अन्तर जिल्ला जोड्ने निजी एयरलाइन्सले दैनिक एक फ्लाइट गर्न आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्राथमिकता दिनुपर्छ । भूगोल अनुसारको विकास पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ ।” ज्येष्ठ नागरिकको जीवन बीमा एमाले सरकारमा हुँदा लागू भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “एकल महिला, ज्येष्ठ नागरिक, वृद्धवृद्धा र अपाङ्गताको दुःख हेर्ने जनताको पार्टी एमाले नै हो ।”

अध्यक्ष ओलीले उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीनजना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइदिने बताउनुभयो । उहाँले तिल, जाङ, र हल्जीका गाउँमा रहेका तीनवटै विद्यालयका तीनजना बालबालिकालाई निःशुल्क पठनपाठन गराई दिने बताउनुभयो ।