पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै

चिन्तन खबर

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएपछि प्रमुख दुई कम्युनिस्ट पार्टी अलग्निे चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसभित्र अहंकार बढ्दै गएको निष्कर्षसहित उनीहरू असन्तुष्ट भएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०ले सत्तारूढ दल कांग्रेसको विरोध गर्दै भित्रभित्रै पार्टी एकीकरण विषयमा घनिभूत छलफलमा जुटेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रका शीर्षनेताले नै सरकार र कांग्रेसको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपाबाट कारबाहीमा परेका डा। बाबुराम भट्टराई समूह र वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन विषयमा छलफलमा जुटेका शीर्षनेताले सत्तारूढ गठबन्धनलाई धेरै दिनसम्म निरन्तरता नदिर्ने निष्कर्षमा समेत पुगेका छन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।