झापा । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका तीन किशोरीलाई सोहि चिया बगानका मजुदुर भएको खुलेको छ ।
स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोको खाना बनाएर खानपिन गरेरै बाहिर निस्केका थिए । परिवारले शनिवार छुट्टी भएका कारण खोजी नगरेको जनाएका छन् । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए ।
उनीहरुको शव पोष्टमार्टमका लागि धरान घोपा पठाउने तयारी भइरहेको झापा प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।
कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।
तीनै जना किशोरी सोही चिया बगाममा मजदुरी गर्दै आएका थिए ।
फेला पर्नेहरुमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् ।
प्रतिक्रिया