काठमाडौं । भदौ १ गतेबाट सिसडोल र बञ्चरे डाँडामा फोहोर फाल्न नदिने चेतावनी दिइएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले चेतावनी दिएको हो ।
उक्त ठाउँमा मानव बस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नभएएको भन्दै उक्त चेतवानी दिएको हो । रिपोटर्स क्लबआ पत्रकार सम्मेलनका आयोजान गरेर समितिले त्यहा फोहोर फाल्न नदिने जनाएको हो ।
समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया