काठमाडौं । हनि ट्रयापमा पारेर पुरुषलाई रकम बार्गेनिङ गरेको आरोपमा प्रहरीले पती पत्नीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भक्तपुरको बालकोट बस्ने २४ वर्षका शेखर बास्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छिन् । फेसबुकमार्फत साथी बनेर फोनको आदान प्रदान गरेर समन्वय गराई उनीहरुले झुटा मुद्दा लगाउने र फसाउने त्रास देखाएर मोल मोलाइ गर्ने गरेका थिए ।
साउन १२ मा दम्पतीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । प्रहरीले केही दिनअघि सिन्धुली घर भएकी कल्पना बस्नेत र उनको श्रीमानलाई पनि हनि ट्रयाप धन्दा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया