फिदिम । तेह्रथुममा छोराको कुटपीटबाट बावुको मृत्यु भएको छ ।
जिल्लाको छथर गाउँपालिका वडा नं. ५ ठकुरी टोलका ५३ बर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपीटबाट मृत्यु भएको छ । आज बिहान करीब सवा ६ बजे भण्डारीलाई आफ्नै छोरा २४ बर्षीय टंक भण्डारीले धान कुट्ने मुस्ली टाउकोमा प्रहार गरेका थिए ।
घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रवारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पु¥याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
बावुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ । घरायशी विवादमा छोराले बावुमाथि आक्रमण गरेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया