पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तकोशीले कटान सुरु गरेपछि श्रीलंका टापुका बासिन्दा सुरक्षित स्थलतर्फ

चिन्तन खबर

काठमाडौं । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।

गए रातिदेखि परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षित स्थलतर्फ लागेका हुन् ।

पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युविक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराइएको छ ।