काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलिय गठबन्धनका नेताहरुसँग कुनै गन्तव्य नभएको बताउनु भएको छ । शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा उहाँले सबै व्यत्तिगत स्वार्थ मात्र गठबन्धनका नेताहरु लागेको बताउनुभएको हो ।
उहाँले भन्नुभया – ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौँ । उनको जिन्दगी छटपटीमै बित्छ । गन्तव्य केही पनि छैन । ’
उहाँले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गर्नुभयो ।
प्रतिक्रिया