काठमाडौं । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आज वेलुकी सम्म महानगर र उपमहानगरपालिकामा तालमेलका लागि समझदारी नजिक पुगिएको बताउनु भएको ।
गठबन्धर चुनावी तयारीबारे आज भएको पत्रकार सम्मेलन गर्दै उहाँले देशका ६ वटै नगरपालिका र ११ उपमहानगरपालिका बीच हुने तालमेलका लागि सहमति नजिक पुगिएको बताउनु भयो । महानगरमा भने निष्कर्ष नजिकनै पुगिएको बताउनु भयो ।
उहाँले देश निर्वाचन प्रकृयामा होमिएकोसमेत बताउनु भएको छ । देश निर्वाचन प्रकृयामा होमिएकाले निर्वाचन निर्धारित समयमानै हुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो–‘यदा कदा विभिन्न ठाउँमा निर्वाचन के हुन्छ भन्ने विषयमा के हुन्छ धेरैले भन्ने गरेका छन् । त्यस्तो केहि हैन निर्वाचन सर्ने कुनै सम्भावना छैन । गठबन्धनमा पनि निर्वाचन सार्ने कुनै मनसाय छैन ।’
प्रतिक्रिया