पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१८ वर्ष पुग्नेले ‘भोट’ हाल्न पाउने

चिन्तन खबर

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले यसअघि निर्वाचन घोषणा भएको दिन १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नामावली समावेश भएका मतदातालाई मतदानमा सहभागी गराउने गरेकोमा गत स्थानीय तह निर्वाचनदेखि सो व्यवस्थामा हेरफेर गरेको थियो ।
३ मंसिरमा १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदानको प्रक्रियामा सहभागी गराउनेगरी आवश्यक व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले गत १९ साउनसम्म ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गरेको थियो । यो सामाचार आजको राजधानि दैनिकमा छ ।