पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिन्ह राखिने

चिन्तन खबर

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा नराखिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिन्ह राखिने जानकारी दिनुभयो । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेका ठाउँमा उम्मेदवार नभएको दलको चिह्न मतपत्रमा राखिएको थियो । त्यसो गर्दा उम्मेदवार नभएको ठाउँमा मत खस्न गई बदर मतको संख्या बढेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । आयोगले मतदाता शिक्षाका कार्यक्रम, मतपत्र छपाइ, निर्वाचन सामग्रीको खरीद लगायत काममा सो रकम खर्च हुने बताएको हो । आगामी निर्वाचनमा १० हजार ८ सय २५ मतदान स्थल र २२ हजार ५ सय मतदान केन्द्र रहने पनि आयोगले जनाएको छ ।