काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
५ हजार ७३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८९ जनाको मृत्यु भइसकेको छ ।
यही अवधिमा थप ४७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै १ लाख ५० हजार ६४ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।
प्रतिक्रिया