Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
इजरायलले कृषि क्षेत्रमा एक हजार नेपाली कामदार लैजाने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

इजरायलले कृषि क्षेत्रमा एक हजार नेपाली कामदार लैजाने

चिन्तन खबर

काठमाडौं । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ ।

यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो । उक्त कुराको जानकारी नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको छ । आज मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले उक्त कुरा जानकारी गराएका हुन् ।

मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको रूपमा १ हजार १४७ जना कामदार इजरायल गइरहेको बारेमा समेत जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले इजरायल सरकारले उपलब्ध गराएका सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए । आगामी दिनमा समेत इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए ।

मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको नीति पारित गरेको भन्दै यसमा इजरायली लगानीकर्ताको सहयोग आवश्यक रहेको बताएका थिए । अहिले धेरै नेपालीले इजरायल जान चाहेको भन्दै त्यसका लागि वातावरण बनाइदिन मन्त्री कुँवरले राजदूत गोदेरसँग आग्रह गरेका थिए ।

इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो । सोही सहमतिअनुसार गतवर्ष एकहजार जना सहायक कामदार लैजाने सहमति भएको थियो । सोही आधारमा नेपालबाट एक हजार १४७ जना कामदार छनोटमा परेका थिए । उनीहरूले अहिले इजरायल जाने प्रक्रियामा छन् ।

इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषी क्षेत्रमा समेत १ हजार कामदार लैजाने सहमति गरिएको हो ।