फिदिम । दहमा पौडी खेल्ने क्रममा डुवेर ताप्लेजुङमा एक बालकको मृत्यु भएको छ ।
सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनका ७ बर्षीय छोरा विवेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेका थिए ।
गहिरो दहमा पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिई घटनावारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया