Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कुम्मायक–कुस्सायक खुल्ला पालिका स्तरीय नकआउट भलिवलको उपाधि दमकको पोल्टामा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कुम्मायक–कुस्सायक खुल्ला पालिका स्तरीय नकआउट भलिवलको उपाधि दमकको पोल्टामा

चिन्तन खबर

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालन भएको तेस्रो कुम्मायक–कुस्सायक खुल्ला पालिका स्तरीय नकआउट भलिवलको उपाधि दमक नगरपालिकाले हात पारेको छ । त्रिशाली मेला र पूजाको अवसरमा सञ्चालन गरिएको प्रतियोगितामा दमकले उपाधि हात पारेको हो । सोमवार भएको फाइनल खेलमा पाँचथरको याङवरक गाउँपालिकालाई ३(० को सोझो सेटमा हराउदै दमकले उपाधि हात पारेको हो ।

उपाधि हात पारेको दमकले नगद ६५ हजार ५५५ रुपैयॉ ट्रफि मेलड र प्रमाण पत्र र उपबिजेता याङवरकले नगद ३५ हजार ५५५ रुपैंया ट्रफि, मेलड र प्रमाण पत्र हात पाप्त गरेको छ । विजेता टोलीलाई राप्रपा नेपालका केन्द्रिय सह–महामन्त्री तेजकुमार कुरुम्बाङ र उपबिजेता टीमलाई नेपाली काग्रेस क्षेत्रीय सभापती मैयाँ श्रेष्ठ लावतीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

खेलको बेष्ट स्पाइकर याङवरकका कृष्ण चापागाई र बेष्ट ब्लकर कृष्ण तामाङ र बेष्ट सेटर कृष्ण न्यौपाने घोषित हुदै नगद र प्रमाण पत्र हात पारेका थिए । त्यस्तै दमक नगरपालिकाको तर्फबाट बेस्ट डिफेन्स भूवन केसी, बेष्ट प्लेयर लक्ष्मण भण्डारी घोषित हुदै नगद र प्रमाण पत्र हात पारेका थिए ।

बैसाख १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँचथर, तेह्रथुम, झापा र सुनसरी सहित १३ टीमको सहभागिता रहेको थियो । मुख्य प्रर्वद्धक कुम्मायक गाउँपालिका रहेको प्रतियोगिताको आयोजना कुम्मायक(कुस्सायक समाज नेपाल यासोकले आयोजना गरेको हो