काठमाडौं । नेकपा (एमाले)ले नागरिकता सम्बन्धि विधेयक टाउको गनेर पारित नगर्न आग्रह गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले टाउको गिन्तीकै आधारमा पास गर्न लागियो भने त्यसले भोलिको परिणाम राम्रो नआउने बताउनुभयो ।
उहाँले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको उक्त विधेयकमा अवसर प्रदान गरेको भन्दै त्यसलाई सदुपयोग गर्न आग्रहसमेत गनुृभएको छ ।
संसदको दुवै सदनले पास गरि प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको लागि पुनः सदनमा पठाउनुभएको थियो ।
प्रतिक्रिया