Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाइलट निदाएर विमान अवतरण गर्न बिर्सेपछि… « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाइलट निदाएर विमान अवतरण गर्न बिर्सेपछि…

चिन्तन खबर

बीबीसी । ३७ हजार फिटको उचाइमा दुई पाइलटहरू निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी पत्रिकाले जनाएको छ। तर उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ।

विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए । एभिएशन हेराल्डका अनुसार अन्ततः पाइलटहरू ब्युँझे र दोस्रो पटकमा विमानलाई अवतरण गराएका थिए।

सरकारी सञ्चारमाध्यम फनाका अनुसार इथियोपियन एअरलाइन्सका ती पाइलटलाई अनुसन्धान रोकेर बिदामा राखिएको छ। यात्रुवाहक सो विमान सोमवार सुडानको खार्तुम विमानस्थलबाट उडेको थियो।

१५४ सीट क्षमताको उक्त बोइङ ७३७ विमानले दुई देशबीचको उक्त हवाई मार्गमा सामान्यतः दुई घण्टाभन्दा कम समय लगाउँछ। त्यस घटनाप्रति पाइलटहरूको कामको दैनिकीलाई लिएर सहानुभूति प्रकट गर्नेदेखि त्यस्तो जिम्मेवारीमा पनि निदाएको भन्दै अचम्मित हुने गरी प्रतिक्रिया आएका छन्।

एभिएशन हेराल्डको वेबसाइट रहेको एउटा प्रतिक्रियामा भनिएको छः “मैले इथियोपियाली चालक दललाई खासगरी यहाँ दोष लगाउँदिनँ, यस्तो संसारमा जुनसुकै चालक दललाई हुनसक्छ र सम्भवतः भएको पनि छ। गल्ली कम्पनी र नियमनकर्ताहरूको छ।”

अर्का एकजनाले त्यसको एकमात्र समाधान रहेको बताउँदै भनेका छन् “बर्खास्त। कुरै सकियो।” अन्यले यस घटनाको रमाइलो पक्ष भन्दै ट्विटरमा लेखेका छन्, “यस काममा निदाउने कुरालाई नयाँ उचाइमा पुर्‍याइएको छ ।”

एकजना उड्डयन विश्लेषकले यस घटनालाई निकै चिन्ताजनक भन्दै ट्वीट गरेका छन्। ‘पाइलटहरू थकित हुने कुरा कुनै नयाँ होइन र यसले अन्तर्राष्ट्रिय रूपमा हवाई सुरक्षाका लागि सबैभन्दा ठूलो जोखिम देखाइरहेको छ’, उड्डयन विश्लेषक एलेक्स मचेरसले ट्विटरमा लेखेका छन्।