काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतपत्रमा नेकपा (एमाले)को चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ ।
निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा ८७ दलको चिह्न मात्र रहने छ ।
आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्ला÷निर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ ।
यसरी राखिने चुनाव चिह्नको रोलक्रम भने २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा हुने आयोगले जनाएको छ । समानुपातिकतर्फ सहभागी नभएका दलहरुको हकमा भने प्रतिनिधि सभा÷प्रदेश सभा सदस्य निर्वाचन–२०७९ का लागि दल दर्ता भएको क्रमका आधारमा हुनेछ ।
आयोगको यो निर्णयअनुसार मतपत्रको पहिलो नम्बरमा एमाले, दोस्रो नम्बरमा कांग्रेस, तेस्रो नम्बरमा माओवादी केन्द्रको चुनाव चिह्न रहने भएको छ ।
प्रतिक्रिया