काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक शुक्रबारबाट सुरु भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । मंसिरमा हुने निर्वाचन केन्द्रीत बैठकमा छलफलका लागि बिहीबार बसेको पोलिटब्युरो बैठकले ११ वटा प्रस्ताव तय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
ओलीको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्दै सोही अनुसार एमाले निर्वाचनमा होमिनेछ । साथै बैठकमा थपिएका चार जना केन्द्रीय सदस्यहरूको शपथ र कार्यविभाजन समेत गर्ने प्रस्ताव तय भएको छ । त्यसैगरी उम्मेदवारको छनोटको मापदण्ड र स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न बनेको कमिटीले प्रतिवेदनमा छलफल हुनेछ ।
बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले मंसिर ४ मा हुने निर्वाचन देश र जनताको पक्षमा परिणाम आउनेगरी हुनुपर्ने बताए । “मंसिर ४ गते हुने निर्वाचन देश र जनताको पक्षमा परिणाम आउने हुनुपर्दछ”, ओलीको भनाइ छ ।
प्रतिक्रिया