पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘किरात राई यायोक्खा’को ११ औं महाधिवेशन असोज ८ गतेदेखि

चिन्तन खबर

काठमाडौं । ‘किरात राई यायोक्खा’को ११ औं राष्ट्रिय महाधिवेशन आगामी असोज ८ गते देखि १० गते हुने भएको छ । राजधानी काठमाडौंमा हुने उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

स्थापना कालदेखिनै यो संस्थाले किरात राई जातीको उन्नतीको लागि अग्रणी भुमिका खेल्दै आएको छ । संस्थाले प्रदेश १ को नामाकरण ‘किरात प्रदेश’ राख्नका लागि डेढ दशक देखि निरन्तर अभियानमा समेत रहेको पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष दिवश राईले बताउनु भयो । उहाँले संस्था इतिहास निर्माण गर्ने क्रममा रहेको समेत बताउनुभयो ।

२०४५ सालमा स्थापना भएको यो संस्थाले ११ औं अधिवेशनमा संस्थाको आर्थिक सागठानिक प्रतिवेदनका साथमा प्रदेश १ को नामाकरणका विषयमा छलफल गर्ने सम्मेलनमार्फत जानकारी गराईएको छ । त्यस्तै किरात सिरिजङ्गा लिपि, इतिहास, भाषा, धर्म संस्कृतिलगायतका विषयमा समेत छलफल गर्दै घोषणा पत्र समेत जारी गर्ने बताइएको छ ।