मोरङ । बिराटनगर महानगरपालिका–१२ रोडशेस चोकबाट भन्सार छलेर नेपाल भित्र्याइदै गरेको अवैध सामग्री प्रहरीले बरामद गरेको छ ।
हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 7K 1724 नम्वरको ट्याक्टरमा करीब ३७ लाख मूल्यको बिभिन्न प्रकारका मोटरका पार्टसहरु बरामद गरेको हो । भारतबाट भन्सार छलेर नेपाल भित्राउदै गरेको अवस्थामा सामग्री सहितको ट्याक्टर नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्याक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया