पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर वर्षाको सम्भावना, प्रदेश–१ मा भारी वर्षाको सम्भावना

चिन्तन खबर

काठमाडौँ: देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली छ। बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ। वाग्मतीका थोरै र अरू प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही तथा अरू प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश–१, मधेस, वाग्मती, गण्डकी प्रदेश र लुम्बिनीमा सामान्य बदली तथा अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस र गण्डकीका थोरै तथा अरू प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।