झापा । झापाको दमक नगरपालिका–८ बाट भन्सार छलेको अवैध कपडा सहित दुई वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा हिजो दिउँसो साढे १ बजे आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमकको पशुहाटडाँडा स्थित पूर्वपश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध कपडा बरामद गरेको हो । प्रदेश १–०१–००१ ज ३४३८ नम्वर र मे १ ज २८०४ नम्वरको पिकअप भ्यानमा अवैध रुपमा बोकेको बिभिन्न प्रकारका कपडाहरु प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएका करीव रु. २२ लाख ६ हजार मूल्य पर्ने कपडा सहित दुई वटा पिकअप गाडी र दुवै सवारीका सवारी चालक समेतलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नियन्त्रणमा लिइएका सामग्री, सवारी साधन र चालकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यस्तै विशेष सूचनाका आधामार हिँजो दिउसो साढे २ बजे इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ राजगढ बजारको पशुहाटस्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको अवस्थामा दुई हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ । बरामद गरेको उक्त चिनी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया