मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँटमा भारतबाट नेपाल आउँदै गरेका जहदा गाउँपालिका–५ मोरङका २१ बर्षीय सुरजकुमार चौधरीमाथि शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउनसुगर र इटहरी उपमहानगरपालिका–९ का ३४ बर्षीय सन्तकुमार खडकाको साथबाट १.६१ ग्राम ब्राउनसुगर बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका दुबै जनामाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया