काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिको सभापतिका लागि चारजना जनाले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिको लागि प्रकाश पन्थ, डा।बेदुराम भुषाल, मायाप्रसाद शर्मा र दिलकुमारी रावल थापाले उम्मेदवारी दिएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार उनीहरुले बुधवार निवेदन दर्ता गरेका हुन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २३ गते बिहीवार अपरान्ह १ बजेदेखि बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ ।
दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापतिमा डा।बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिल कुमारी रावल थापा पार्वतीको उम्मेदवारी परेको छ ।
सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ सूचनामा उल्लेख छ । राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम उक्त प्रस्ताव दर्ता गर्न आव्हान गरिएको थियो । निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार आज ९बुधवार० दिन ४ः३० बजे सूची प्रकाशन गरिनेछ ।
यस्तै सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नेछन् । राष्ट्रिय सभाका चारवटै विषयगत समितिको कार्यकाल यसअघि सकिएको थियो । राष्ट्रिय सभा अन्तर्गतको यसअघि भदौ १७ गते सूचना सार्वजनिक गर्दै उम्मेदवारी भदौ २२ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको थियो ।
राष्ट्रिय सभाले भदौ २३ गते बिहीबार दिउँसो १ बजेको सभापतिको निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । यसअघि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका प्रकाशित गरेका थिए ।
प्रतिक्रिया