पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

चिन्तन खबर

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। उनी विरुद्ध थप अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

प्रहरी परिसर काठमाडौँले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, “मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दीप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको।”

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा लामिछानेले नाबालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको सिनामंगलस्थित एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।

लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि सेन्ट लुसियामा छन्। त्यसअघि उनी भदौ ६ गते राष्ट्रिय टोलीसँगै केन्या गएका थिए। केन्यासँग टी–२० शृङ्खला खेलेपछि उनी सीपीएल खेल्न सेन्ट लुसिया गएका थिए।