Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गठबन्धमा महानगर र उपमहानगरपालिका बीच भागबण्डाको सहमति « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गठबन्धमा महानगर र उपमहानगरपालिका बीच भागबण्डाको सहमति

चिन्तन खबर

काठमाडौं । आगामि स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धमा महानगर र उपमहानगरबीच तालमेलको सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको निर्णयअनुसार काठमाडौं, भक्तपुर र विराटनगरमा कांग्रेसको भागमा परेको छ । त्यसैगरी विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाउने भएको छ ।

त्यस्तै धरान, इटहरी, कलैया, बुटवल र तुलसीपुरमा, नेपालगञ्ज र धनगढी उपमहानगरमा मेयर पाउने भएको छ भने जितपुर सिमरा, घोरही र हेटौँडा उपमहानगरमा उपमेयर पाउने भएको छ

त्यसैगरी माओवादी केन्द्रलाई भरतपुर महानगरपालिकामा मेयर तथा ललितपुरमा उपमेयर दिने सहमति भएको छ । भने जितपुर सिमरा र घोराही उपमहानगरमा मेयरको भागबण्डा परेको छ भने धरान र धनगढीमा उपमेयरको भागबण्डा परेको छ ।