Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
चामल निर्यातमा २० प्रतिशत कर लगायो भारतले, नेपालमा असर देखिन सक्ने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

चामल निर्यातमा २० प्रतिशत कर लगायो भारतले, नेपालमा असर देखिन सक्ने

चिन्तन खबर

काठमाडौँ । विश्वको सबैभन्दा धेरै चामल ढुवानी गर्ने भारतले घरेलु आपूर्ति सुरक्षित गर्न केही निर्यातमा कर लगाएको छ । यो कदमले विश्वव्यापी खाद्य बजारमा थप हड्ताल र भोकमरीको अवस्था निम्तिन सक्ने विश्लेषण हुन थालेको छ । त्यसको सोझो असर भने नेपालमा पर्ने देखिएको छ ।

नेपालमा भारतीय बजारमा करिब ४० अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको छ । भारतले चामल निर्यातमा कर लगाएपछि भारतीय चामलको मूल्य बढ्नेछ । भारतीय निर्णयले नेपालमा चामलको मूल्य बढ्नुका साथै अभाव सिर्जना हुने चिन्ता पनि व्यक्त हुन थालेको छ ।

भारतीय अर्थ मन्त्रालयका अनुसार ब्राउन चामलमा २० प्रतिशत निर्यात शुल्क लाग्नेछ । सेमी मिल्ड र होली मिल्ड चामल, परबोइल्ड र बासमती जात बाहेकमा समान शुल्क हुनेछ ।

विश्वव्यापी चामल व्यापारको ४० प्रतिशत हिस्सा ओगटेको भारतको यो निर्णयले भोकमरी र बढ्दो खाद्य संकट तथा बढ्दो मुद्रास्फीतिसँग संघर्ष गरिरहेका देशहरूमा थप दबाब दिनेछ । एसियाले मात्रै विश्वको ९० प्रतिशत धान उत्पादन र खपत गर्छ । भारतले चामलको निर्यात शुल्क बढाउनुभन्दा अघि गहुँ र चिनीमा निर्यात प्रतिबन्ध लगाएको थियो ।

भातरको केही क्षेत्रमा वर्षा नहुँदा यस सिजनमा रोपाइँ ५ दशमलव ६ प्रतिशतले घटेपछि धान निर्यातमा प्रतिबन्ध लगाइएको हो ।