पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृषि गणनाः पाँचथरमा खटिए ६० जना कर्मचारी

चिन्तन खबर

टिकाराम आचार्य

पाँचथर । जिल्लामा कृषि गणनाका लागि ६० जना कर्मचारी खटिएका छन् । जिल्ला कृषि गणना कार्यालय पाँचथरका अधिकृत मनोज भट्टराईका अनुसार जिल्लामा ४७ जना गण र १३ जना सुपरिवेक्षक खटिएका हुन् ।

भट्टराईका अनुसार गणकहरुले जिल्लाका १३४ गणना क्षेत्रबाट कृषि गणना गर्नेछन् भने करिब ३ देखि ४ जना गणकलाई एक सुपरीवेक्षकहरुले ‘गाइड’ गर्नेछन् ।

त्यस्तै एक सुपरिवेक्षकले एक पालिकाका पूरै र अन्य पालिकाका केही गणना क्षेत्रहरुमा पनि निरीक्षण गर्नुपर्ने हुन्छ । यस पटकको कृषि गणनामा विगातको भन्दा केही फरक भएको जिल्ला कृषि गणना कार्यालय पाँचथरका अधिकृत भट्टराईले बताउनुभयो ।

‘विगतमा भन्दा यो पटकको कृषि गणना अलिक फरक हुने उहाँको भनाई छ । यो लार्ज स्केल सर्भे भएपनि अरु सर्भेहरु भन्दा अलिक ठूलो हो,’ अधिकृत भट्टराईले भन्नुभयो, ‘२०६८ सालमा जिल्लागत विवरण आउँथ्यो । यो प्रत्येक पालिका स्तरमा तथ्याङ्क आउँछ । यद्यपि जनगणना जस्तो प्रत्येक घरमा पुग्नु पर्दैन।’

उहाँका अनुसार सबै घरमा सुचिकरण गरिएपनि त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने घर छनौँट गरेर ती घरहरुमा मात्रै गणक पुग्नेछन् । जनगणनामा भन्दा प्रश्नावली केही लामो र धेरै हुने उनले बताउनुभयो ।

पाँचथरमा साधारणतय एक गणना क्षेत्रमा २५ हारहारीमा गणकहरुले विवरण भर्नु पर्नेछ । कृषि गणना बैशाख ५ गतेबाट जेठ १९ सम्म संचालन हुने जिल्ला कृषि गणना कार्यालय पाँचथरले जनाएको छ ।

जेठ १९ देखि गणक तथा सुपरीवेक्षकहरुले फायल बुझाउन थाल्ने भएपनि कार्यालय भने जेठ मसान्तसम्मनै खुला रहने जनाइएको छ ।

छनौटमा परेका गणक र सुपरिवेक्षका लागि गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म तालिम दिइएको थियो ।