Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अक्सिजन प्लान्ट विष्फोटः मृत्यु हुने दुई पुगे « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अक्सिजन प्लान्ट विष्फोटः मृत्यु हुने दुई पुगे

चिन्तन खबर

ललितपुर । ललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएका मध्ये थप एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ ।

यसअघि विष्फोटमा परेर भारतकै ४५ वर्षीय वृजमोहन महत्तोको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइते भएका पाँच जना पाटन अस्पतालमा उपचार पछि घर फर्किएका उहाँले जानकारी दिनुभयो । घटना बिहान १० : ०५ बजे भएको हो । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको जनाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ ।