पाँचथर । राष्ट्रिय युवा संघ नेपाल, मिक्लाजुङ गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुमार खड्काको अध्यक्षमा ४७ सदस्यीय नयाँ कमिटीसमेत गठन गरको छ ।
अधिवेशनमा संबिधानसभा सदस्य तथा नेकपा एमाले को केन्द्रीय सदस्य कमरेड अइन्द्रसुन्दर नेम्बाङ को प्रमुख अतिथि र अतिथीहरुमा पार्टीको सचिवालय सदस्य तथा पालिका इन्चार्ज छवि लावती , सचिवालय सदस्य सनबहादुर मगर ,जिल्ला कमिटी सदस्य सरस्वती राई , जिल्ला कमिटी सदस्य गायत्री रिजाल , पालिका कमिटी उपाध्यक्ष सन्दीप राई , सचीव दिनेश खनाल , वार्ड ४ को अध्यक्ष मनकुमार राई , सचीव धनमान तामाङ अनेमसंघको पालिका अध्यक्ष पन्चकुमारी राई , सचीव धनमाया मगर लगायत अतिथिहरुको उपस्तिथिमा सम्पन्न भएको हो ।
अध्यक्षमा खडकासहित, उपाध्यक्ष ओम माखिम , सचिवमा दर्शन आङदेम्बेलगायत चयन हुनुभएको छ ।
प्रतिक्रिया