Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
आज राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे के हुन्छ ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

आज राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे के हुन्छ ?

चिन्तन खबर

काठमाडौं । संघीय संसदका दुवै सदनबाट नागरिकता विधेयक पारित भएर पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको १५ दिन पुगेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास हुँदै प्रमाणीकरणका लागि शीतल निवास पुगेको नागरिकता विधेयकमाथि सुझाव दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकलाई पुन संसद्‌मा विचार गर्नका लागि फिर्ता पठाउनुभएको थियो । तर सत्तापक्षले सन्देशसहित प्राप्त विधेयकलाई संसद्को दुवै सदनबाट जस्ताको तस्तै पारित गरेको थियो ।

संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेको नागरिकतासम्बन्धी विधेयक सभामुख अग्नि सापकोटाले भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो । त्यसपछि पठाइएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भए पनि नागरिकता सम्बन्धी विधेयकलाई भने उहाँले थाँती राख्नुभएको छ ।

संवैधानिक व्यवस्था अनुसार दोस्रो पटक राष्ट्रपतिकहाँ पुगेको विधेयक १५ दिन भित्रमा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । तर राष्ट्रपतिले भने आफूले सन्देशसहित पठाएको नागरिकता सम्बन्धि विधेयक जस्ताको तस्तै पास भएको आएको भन्दै असन्तुष्टि ब्यक्त गर्दै आउनुभएको छ ।

संविधानमा प्रमाणीकरण गर्नु पर्छ भन्ने व्यवस्था भए पनि नगरे के हुने भन्ने उल्लेन नगरेका कारण यसबारे दुई खाले मत आइरहेका छन् । संविधानविद्हरुले भने राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताइरहेका छन् । केहीले भने राष्ट्रपतिले प्रमाणीकरण नगर्न सक्ने बताइरहेका छन् । प्रतिनिधि सभा नरहेकाले राष्ट्रपति नागरिकता विधेयकका विषयमा मौन बस्ने सम्भावना रहेको कतिपयको भनाइ छ ।