काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कार्वाही गर्न राष्ट्रसंघसँग अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ –‘ युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौँ’ । उहाँले रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाउनु भयो । जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गर्नुभयो ।
उहाँले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गर्नुभयो । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गर्नुभयो ।
युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।
प्रतिक्रिया