फिदिम । राष्ट्रिय युवा संघ नेपालमा अध्यक्ष किरण पौडेलले इतिहासमा तेस्रो पटक नेपालको नक्सा बदल्न सक्ने तागत केपी शर्मा ओली भएको बताउनुभएको छ । आज पाँचथरमा युवा संघ नेपाल पाँचथरको ७ औं जिल्ला अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दे उहाँले नेपालमा तेस्रो पटक नेपालको नक्सा परिवर्तन गर्न सक्ने साहस नेकपा (एमाले)का अध्यक्षमा मात्र भएको बताउनुभएको हो ।
उहाँले भन्न्ुभयो–‘इतिहासमा देशको नक्सा तीन पटक बदलिएको छ । पहिलो पटक पृथ्वीनारायाण शाहले, दोस्रो पटक जंगबहादुर राणाले राष्ट्रिय हितमा बदल्नुभयो त्यस पछि कालापानि लिपुलेक लगायतका नक्सा लुकेर हैन सबैका सामू संसदमा टेवल ठोकेर नेपालको नक्सा परिवर्तनगर्ने व्यक्ति भनेको अध्यक्ष केपी ओेली हो ।’
उहाँले एमसीसी पास गर्ने, एसपीपी अगाडि बढाउने काम देशका नदिनालाको स्रोतहरु माथि भारत लगायतका देशमा पाउमा कांग्रेसले पुर्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो–‘ देशको राष्ट्रियताको बाधक भनेको नेपाली कांग्रेस हो । सत्ता र शक्तिका लागि सौदा बाजी गर्ने शक्ति नेपाली कांग्रेस हो भन्ने आम नेपाली जनतालाई थाहा छ ।’
प्रचण्ड केही दिन अगाडि भारत गएर नागरिकता विधेयक जस्ता राष्ट्रघाति बुदाहरु लिएर आएको दाबी अध्यक्ष पौडेलले गर्नुभयो ।
अहिलेका प्रधानमन्त्री तथा कांग्रेसका सभापति विदेश जादा त्यो देशको आर्शिवाद र निर्देशन लिएर आउने उहाँको भनाई छ ।
उहाँले नेपालको राजनीतिलाई अस्थिरता आउनुमा विदेशी शक्ति रहेको दाबी गर्नुभयो । उहाँले नेपालको दुईतिर दुई ठुला देश चिन र भारत उदयमान शक्तिको रुपमा अघि बढीरहेकोले पश्चिमा मुलुकहरुलाई मन नपरेकोले उनीहरुविरुद्धको चलखेलका लागि नेपालाई क्रिडा स्थल बनाउन थालेको बताउनुभयो ।
आजबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दे छ । खुलासत्र कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारी, एमाले केन्द्रीय सदस्य तथा पाँचथरका सह–इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ र श्रीप्रसाद जबेगू, युवासंघ नेपालका महासचिव क्षितिज थेवे लगायतले सम्बोधन गर्नुभएको थियो ।
खुलासत्र कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारी, एमाले केन्द्रीय सदस्य तथा पाँचथरका सह–इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ र श्रीप्रसाद जबेगू, युवासंघ नेपालका महासचिव क्षितिज थेवे लगायतले सम्बोधन गर्नुभएको थियो ।
आजबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दे छ ।
प्रतिक्रिया